अर्थतन्त्रको समस्या समाधान गर्न कछुवाको गतीले हुँदैनः वरिष्ठ उपाध्यक्ष अग्रवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 11:16:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कछुवाको गती पर्याप्त नहुने बताएका छन् । आज इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान)ले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अग्रवालले राजस्वमुखी वित्त नीति र संकुचन मौद्रिक नीतिका कारण अर्थतन्त्रमा समस्या देखिएकाले सुधारका प्रयासहरु कछुवाको गतीमा नभई द्रूत गतीमा हुनुपर्ने बताए । 

उनले कोभिड अगाडीका ३ वर्ष लगातार ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएकोमा अघिल्लो वर्ष माइनस २ प्रतिशतको बिन्दुमा आर्थिक वृद्धि भएको र यसले अर्थतन्त्र संकुचनमा रहेको प्रष्ट पार्ने बताए । साथै, गत वर्ष १.८६ प्रतिशत आर्थिक वृद्धिदर रहेको र चालु आर्थिक वर्ष पनि ३ प्रतिशत हाराहारीमा मात्रै आर्थिक वृद्धिदर रहने अनुमान गरिएकाले अर्थतन्त्र ठिकठाक छ भन्ने अर्थ मन्त्रालय र केन्द्रीय बैंकको भनाईमा सहमत हुन नसकिने अग्रवालको भनाई छ । 

उनले अहिले बैंक तथा वित्तीय संस्थामा ६ खर्ब हाराहारीमा लगानीयोग्य रकम भए पनि कर्जाको माग नै नभएको बताए । यसो हुनुमा चालु पूँजी कर्जा मार्गदर्शन लगाएका केही प्रावधानले खडा गरेका ब्यावधानले समस्या निम्त्याएको वरिष्ठ उपाध्यक्ष अग्रवाल बताउँछन् । 

उनले कर प्रणाली सुधारका लागि सरकारले बनाएको कर प्रणाली सुधार आयोगमा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनुपर्ने माग पनि गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved