विद्युत प्राधिकरणले लोडसेडिङ सुरु गरेपछि उद्योगी आन्दोलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 10:49:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ सुरु गरेपछि औद्योगिक करिडोरका उद्योगीहरु आन्दोलित भएका छन् । प्राधिकरणले केही सातादेखि अघोषित रुपमा दैनिक १० देखि १२ घण्टासम्म बिजुली कटौती गर्न थालेपछि उद्योगीहरु उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । 

उद्योगीहरुले अघोषित लोडसेडिङले उद्योगको उत्पादनमा प्रतिकुल असर परिरहेको र बिजुली आउने र जाने निश्चित तालिका नहुँदा बत्ती झ्याप्प जाँदा उपकरणहरुमा समेत समस्या देखा पर्न थालेको भन्दै उद्योगीहरुले उद्योग बन्द गरेर साँचो बुझाउने चेतावनी दिएका छन् । 

३३ केभिए र ११ केभिए औद्योगिक कोरिडोरका उद्योगहरुमा दैनिक १० देखि १२ घण्टा विद्युत कटौती भइरहेको रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले बताए । उनले उद्योगमा भइरहेको अघोषित लोडसेडिङले कच्चा पदार्थ बिग्रने, बजारमा मालवस्तुको अभाव सिर्जना हुने र फलस्वरुप महँगी बढ्ने त्रास उत्पन्न भएको बताए ।

‘अघोषित विद्युत कटौतीले उद्योगहरुमा संकट उत्पन्न भएको छ, धेरै खालका नोक्सानी व्यहोर्नुपरेको छ’ अध्यक्ष सापकोटाले भने, ‘उद्योगहरु बन्द हुन स्थितिमा पुगेका छन् ।’

उनले लोडसेडिङ तालिका दिन समेत प्राधिकरणसँग माग गरेका छन् । विद्युत प्राधिकरणको प्रदेश कार्यालयमार्फत संघले पनि ध्यानाकर्षण गराएको छ । 

यता, विद्युत प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख इं हरिप्रसाद पाण्डेले विद्युत् आपूर्तिमा नै समस्या हुँदा उद्योगको लाइन काट्नुपरेको बताएका छन् । अहिले उद्योगमा विद्युत अनियमित भए पनि यसलाई लोडसेडिङ भन्न नमिल्ने उनको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved