हाइड्रो व्यवसायीले छोडे उद्योग वाणिज्य महासंघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 02:58:18 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोपावर उत्पादन गर्ने व्यवसायीहरुको संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले नेपाल उद्योग वाणिज्य महासंघमा आफ्नो आवद्धता त्यागेको छ । महासंघको वस्तुगत सदस्य रहेको इप्पानले महासंघको सदस्यता त्याग गर्ने निर्णय गरेको हो ।

इप्पानले महासंघलाई एक पत्र पठाउँदै अब आफू महासंघको सदस्य नरहेको व्यहोरा अवगत गराएको छ । इप्पान स्रोतका अनुसार गत भदौमै महासंघमा सदस्यता त्याग गरिएको बारे पत्र पठाइएको छ । तर, महासंघले हालसम्म यसबारे कुनै पनि जवाफ पठाएको छैन । 

‘महासंघले जवाफ नदिए पनि वा हाम्रो सदस्यता त्यागको निर्णय सदर नगरे पनि हाम्रो बोर्डले निर्णय गरिसकेको हुनाले हामी अब महासंघको सदस्य होइनौँ’ इप्पान स्रोतले भन्यो ।

इप्पानका एक अधिकारीले महासंघले हाइड्रोपावर तथा नेपालको क्लिन इनर्जीका सम्बन्धमा स्वदेशी हाइड्रोपावर उत्पादक कम्पनी तथा व्यवसायीको हितमा पैरवी गर्न नसकेपछि इप्पानले महासंघबाट बाहिरिने निर्णय गरेको हो । 

‘हाइड्रोपावर सम्बन्धित कानुन, नियम र नीतिबारे महासंघले बोलेन, महासंघमा वस्तुगत सदस्य रहेका संघहरुमध्ये सबैभन्दा धेरै लगानी भएको क्षेत्र हाइड्रोपावर हो, यसको प्रतिनिधि इप्पान हो’ ति अधिकारीले भने, ‘तर, हाइड्रोपावर सम्बन्धि स्वदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने सरकारको पोलिसीबारे महासंघ बोलेन । यसकारण हाम्रो आवाज हामी आफैँ उठाउँछौँ भनेर महासंघको सदस्यता त्याग गर्ने निर्णय गरेका हौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved