राष्ट्रिय व्यापार संघको अध्यक्षमा खराल निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 11:14:24 AM मा प्रकाशित

laxmi  sunrise bank

 राष्ट्रिय व्यापार संघको अध्यक्षमा हिमलाल खराल निर्वाचित भएका छन् । संघको शनिवार धुलिखेलमा भएको १९औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनले अध्यक्षमा  खराललाई निर्वाचित गरेको हो । अधिवेशनले खरालको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति समेत निर्विरोध निर्वाचित गरेको छ ।

सङ्घको प्रथम उपाध्यक्षमा रामचन्द्र पराजुली, द्वितीय उपाध्यक्षमा पदमबहादुर लामिछाने, तृतीय उपाध्यक्षमा बैकुण्ठ दाहाल, महासचिवमा केदारप्रसाद न्यौपाने, कोषाध्यक्षमा हरिप्रसाद पाण्डेय, सचिवमा सञ्जयकुमार अग्रवाल, सहकोषाध्यक्षमा विनोद तिमल्सिना र सहसचविमा मोहनीलाल न्यौपाने निर्वाचित भएका छन् । 

संघको कार्यसमिति सदस्यमा श्यामसुन्दर माकाजु, विनोद भण्डारी, महेन्द्र भण्डारी, सुनिल अग्रवाल, प्रवीण अग्रवाल, नारायणप्रसाद न्यौपाने, लेखनाथ गौतम, सन्तोष श्रेष्ठ, राजु कार्की र भीष्म केसी निर्वाचित भएको उपाध्यक्ष बैकुण्ठ दाहालले बताए । 

उनका अनुसार महाधिवेशनमा उद्योगी व्यवसायीहरूले आर्थिक ऐनलाई समयानुसार परिमार्जन गराउन सरकारलाई दबाब दिनु पर्नेमा जोड दिएको बताए । 

नवनिर्वाचित अध्यक्ष खरालले संघलाई व्यवसायीहरुको हक हित र अधिकारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले संघलाई आगामी दिनमा थप चलायमान र व्यवसायीहरुको पक्षमा काम गर्ने अबल संस्था बनाउने प्रतिवद्धता जनाए । उनले पछिल्लो समय व्यवसायीहरुले भोग्नु परेका समस्या समाधानको लागि पहल गर्ने पनि बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved