लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै छ: चेम्बर अध्यक्ष मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 02:45:19 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् । लगानी योग्य रकम अधिक तरलता  हु“दा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको अध्यक्ष मल्लले बताए।

राष्ट्रिय व्यापार संघको साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले भने, ‘बैंक वित्तीय संस्थामा झण्डै ५ खर्व रुपैया“ लगानी योग्य रकम थुप्रिएर बसेको छ, सरकारले पु“जिगत खर्च गर्न सकेको छैन । अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न सकेको छैन, ।’

सरकारको पुँजीगत खर्च अपेक्षा अनुसारको हुन सकेको भए अर्थतन्त्र चलायमान हुने अध्यक्ष मल्लले बताए  । बैंक वित्तीय संस्थामा उच्च व्याजदरकै कारण लगानी आर्कषित हुन नसकेको अध्यक्ष मल्लको भनाई छ । अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुधार हुन नसकेको भन्दै उनले पुँजी चलायमान बनाउने गरी आर्थिक र वित्तीय नीति पुनरावलोकन हुनुपर्नेमा जोड दिए   ।

पुँजीगत खर्च समयमै हुनेगरी समयवद्ध तालिका निर्धारण गर्नुपर्ने अध्यक्ष मल्लले बताए  । उनले भने, ‘चालु आर्थिक वर्षको ७ महिना पुरा भईसक्दा समेत विकास खर्च २१ प्रतिशतमा सिमित छ । शुरुमा महत्वकांक्षी बजेट ल्याउने खर्च गर्न नसकेपछि संशोधन गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्दछ, ।’

साना तथा मध्यमखाले उद्योग व्यवसायमा ऋण विस्तार गर्नेगरी राष्ट्रबैंकले वित्तीय नीति ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए  । ‘आन्तरिक उत्पादन हुन नसक्दा व्यापार घाटा ‘चालु आर्थिक वर्षमा ६ खर्व ९३ अर्व रुपैया“ पुगिसकेको छ, अध्यक्ष मल्लले भने , मुलुकको विद्यमान व्यापार घाटालाई कम गर्नका लागि कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार हुने गरी वित्तीय नीति अवलम्वन गर्न आवश्यक छ, । ’

उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न सकिए बेरोजगारी दरलाई केही हदसम्म नियन्त्रण गर्न सकिने अध्यक्ष मल्लले बताए। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved