कृषि र पर्यटन प्रबर्दनको लागि महासंघको कृषि उद्यम केन्द्रले गर्यो छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2024 | 11:18:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र महासंघको लुम्बिनी प्रदेशबीच आर्थिक वृद्धिको लागि साना तथा मझ्यौला उद्योग मार्फत कृषि पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा नीतिगत छलफल भएको छ । बुटवलको होटल पौवामा आयोजित सो छलफल कार्यक्रमले कृषि उपजको प्रशोधन  र बढ्दो पर्यटन उद्योगबीचको तालमेल खोज्ने मञ्चको रुपमा काम गरेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार  सरकारी अधिकारी, उद्योगी अगुवा र निजी क्षेत्रका प्रतिनिधिहरू लगायत विभिन्न क्षेत्रका विशिष्ट सरोकारवालाहरूबीच छलफल भएको हो।  सहभागीहरूले  कृषि सम्भाव्यतालाई सदुपयोग गर्न र  पर्यटन सम्पदाको लाभ उठाउन रणनीतिहरू तर्जुमा गर्ने उद्देश्यले छलफल गरेका थिए।

 सहभागीहरूले कृषि उत्पादनमा मूल्य अभिवृद्धिदेखि लिएर दिगो पर्यटन अभ्यासहरू प्रवर्द्धन गर्ने विषयहरूको विस्तृत श्रृंखलामा छलफल गरेका थिए। लुम्बिनी प्रदेश ५ मा पर्यटन अनुभव अभिवृद्धि गर्दै कृषि उत्पादनको बजार पहुँचलाई सहज बनाउन नीतिगत संरचनामा विशेष ध्यान दिइएको केन्द्रए जनाएको छ।

छलफलको क्रममा वक्ताहरूले दुवै क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न र अवसरहरू सदुपयोग गर्न समन्वयात्मक प्रयासको आवश्यकतामा जोड दिएका छन्। उनीहरूले दिगो विकास र प्रतिस्पर्धात्मकता बढाउन पूर्वाधार विकास, सीप अभिवृद्धि र प्राविधिक आविष्कारको महत्त्वलाई जोड दिएका छन्।

छलफलमा केन्द्रको नीति र प्रदेशले बनाएका नीतिको तालमेल नमिलेको र  साना तथा मझ्यौला उद्योगको प्रबर्दनको लागि प्रष्ट नीति चाहिने विषय उठान भएको थियो। त्यस्तै लुम्बिनी प्रदेश मै ५१ वटा भन्दा बढी पर्यटकीय स्थल रहेको भए पनि अधिकांशको प्रबर्दन गर्न नसकिएको विषयबारे चर्चा भएको थियो । त्यस्तै कृषि प्रबर्दनको लागि बाहिरबाट ल्याएका मेसिनहरु मर्मतको लागि नेपालमा जन्सहक्ति समेत नभएको विषय कृषि उद्यमीहरुले उठान गरेका थिए । 

 कृषि उत्पादनहरूलाई पर्यटन मूल्य श्रृंखलामा समावेश गर्ने, कृषि-पर्यटन पहलहरूको प्रवर्द्धन र यस क्षेत्रको प्राकृतिक सम्पदाको संरक्षण गर्न पर्यावरण मैत्री अभ्यासहरूबारे पनि छलफल भएको थियो। सहभागीहरूले स्थानीय उत्पादन र पर्यटकीय आकर्षणहरूको दृश्यता बढाउन डिजिटल मार्केटिङ र ब्रान्डिङको भूमिकाको पनि अन्वेषण गरेको केन्द्रले जनाएको छ।

 सहभागीहरूले लुम्बिनी प्रदेशको सामाजिक-आर्थिक विकासमा योगदान पु¥याउने विचारलाई कार्यमा रूपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनीहरूले कृषि प्रशोधनमा क्षेत्रको सम्भावनालाई साकार पार्न निरन्तर सहयोग र सरोकारवालाहरूको संलग्नताको लागि पनि पहल गर्ने प्रतिवद्दता जनाएका छन्।  

 लुम्बिनी प्रदेश साझेदारी गर्ने, नवप्रवर्तनलाई बढावा दिने र दिगो विकासको आधार तयार पार्न उत्प्रेरकको रूपमा यो छलफलले काम गरेको केन्द्रले जनाएको छ। आगामी दिनमा यस क्षेत्रको विशिष्टतालाई सदुपयोग गर्न कार्यमूलक रणनीतिहरू तयार पारि आर्थिक वृद्धि हँसिल गर्नको लागि कृषि, र पर्यटनको क्षेत्रमा बहुपक्षीय सहकार्य गरिने समेत केन्द्रले उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved