उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको भवन शिलान्यास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2024 | 02:06:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको भवन शिलान्यास गरिएको छ। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भवन शिलान्यास गरेका हुन् ।

 हेटौंडाको थनाभर्याङमा ३ कट्ठाको जमीनमा उक्त भवन निर्माण गर्नका लागि  शिलान्यास भएको हो। सो जग्गा  हेटौडा उपमहानगरपालिकाले उपलब्ध गराएको हो ।

महासंघ अध्यक्ष ढकालले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जग्गा प्रदान गरेकोमा उपमहानगरपालिकालाई धन्यवाद दिए ।  साथै उक्त भवन निर्माणका लागि व्यक्तिगत रूपमा रु ५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । साथै महासंघका बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठलाई भवन निर्माण छिटो भन्दा छिटो  सम्पन्न गर्नको लागि आग्रह गरेका छन् ।



 वाग्मती प्रदेश अध्यक्ष दिल सुन्दर  श्रेष्ठले जग्गा सहयोग गरेकोमा उपमहानगर लाई धन्यवाद व्यक्त गर्दै  व्यक्तिगत रुपमा भवन निर्माण गर्न रु ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। साथै अध्यक्ष चन्द्र ढकाललाई भवन छिटै बनाउने प्रतिवद्दता जनाएका छन्। उनका अनुसार सो भवन साढे चार तलाको बन्ने छ भने लागत २.५ करोड रहने छ । सुरुवाती चरणमा १ करोड बजेटबाट काम सुरु गरिने उनले बताए।

हाल नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशको हालको सचिवालय हेटौंडाको हुप्राचौरमा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved