बैंकको ब्याज घटे पनि लगानीको लागि कन्फिडेन्स छैन : दिल सुन्दर श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 01:28:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले बैंकको ब्याजदर घटेपनि व्यवसायीहरुसँग लगानीको लागि कन्फिडेन्स नभएको बताएका छन्। हेटौडामा सुरु भएको बागमती प्रदेश महासंघको ७ औ प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष श्रेष्ठले बैंकले ब्याजदर घटाए पनि लगानीको वातावरण नभएको बताएका हुन्। 

अध्यक्ष श्रेष्ठले बागमती प्रदेश व्यावसायिक हिसाबले ठूलो रहेको र यहाँको समस्याहरुलाई उजागर गरेर अगाडी बढ्न नसके व्यापार व्यवसायमा नै अप्ठेरो पर्ने बताए। जब समम निजी क्षेत्रको मनोबल दरो हुँदैन तबसम्म देशको अर्थतन्त्रमा गहिरो असर परिरहने उनले उल्लेख गरे । सरकार र राष्ट्र बैंकले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने खालको नीति ल्याउनु पर्ने उनले बताए । 

 उनले हिजो मात्रै बागमती प्रदेश कार्यालयको लागि आफ्नै भवन शिलान्यास गरिएकोमा खुसि व्यक्त गर्दै उनले भवन निर्माणको लागि सहयोग गर्न सम्पूर्णमा आग्रह गरेका छन् ।  उनले वागमती भित्र रहेका उद्योग वाणिज्य संघहरुलाई आर्थिक गतिविधि चलायमान बनाउन विभिन्न खालको एक्स्पो तथा मेला आयोजना पनि आग्रह गरेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved