३ वर्ष अगाडीको मौद्रिक नीतिको कारण अहिलेको समस्या आएको हो : उपाध्यक्ष वैद्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 03:14:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले ३ वर्ष अगाडी राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कारण अहिलेको समस्या आएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको ७ औ प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले उद्योग धन्दाहरु बन्द हुने अवस्थामा रहेको, व्यवसायीहरु ब्याज तिर्न नसक्ने अवस्थामा रहेकोले सरकारले के गरिरहेको छ भन्दै कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेश प्रमुखलाई प्रश्न गरेका छन्। उनले ब्याजदर अझै घट्नु पर्ने समेत उल्लेख गरेका छन् ।

उनले आगामी दिनमा बैंक र व्यवसायी मिलेर अघि बढ्नु पर्ने बताए । बैंक धरासायी हुँदा व्यवसायी हुने र व्यवसायी धरासायी हुँदा बैंक धरासायी हुने भएकोले बैंक र व्यवसायी मिलेर जानु पर्ने उल्लेख गरे । 

सरकारले लगानीको वातावरण नबनाउदा धेरै व्यवसायी विदेश पलायन भईसकेकोले सरकारले कसरी कर उठाउछ भन्दै प्रश्न गरेका छन् । उनले राजश्व नबढे विकास निर्माणको काम नै हुन नक्सने भन्दै देशमा लगानीको वातावरण बनाउन आग्रह गरे ।

अब कृषि मार्फत क्रान्ति गर्नु पर्ने भन्दै उनले त्यसको लागि कृषिको अनुदान नीति बदल्नु पर्ने बताए । हिजोको नीतिले अब काम नगर्ने भन्दै उनले युवालाई कृषिमा आकर्षण गर्न सोहि अनुसारको कृषि नीति ल्याउनु पर्ने बताए ।

फरक प्रसङ्गमा उनले महासंघको विधान संशोधन पनि हुने उल्लेख गरे ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved