कमाएर खानेहरु प्रति राज्यको दृष्टिकोण नकारात्मक भयो : दिनेश श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 04:33:14 PM मा प्रकाशित

laxmi  sunrise bank

 उद्योग वाणिज्य महासंघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले कमाएर खानेहरु प्रति राज्यको दृष्टिकोण नकारात्मक भएको बताएका छन् । हेटौडामा भएको बागमती प्रदेश महासंघको ७ औ प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । 

 राज्यलाई कमाएर दिने, राज्यलाई कर तिर्न पसिना बगाउनेहरुलाई राज्यले नकारात्मक दृष्टिले हेरेको उनले बताएका हुन् । व्यवसायीले नाफा कमाउनको लागि नै व्यवसाय गर्ने र कमाईबाट राज्यलाई कर पनि तिर्ने गरेको भए पनि राज्यले किन आफुहरुलाई नकारात्मक दृष्टिले हेरेको भन्दै उनले प्रश्न गरेका छन् । 

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तह सबैले कर उठाउने भए पनि तिरेको कर अनुसारको सुविधा पनि व्यवसायीले पाउनु पर्ने उनले उल्लेख गरेका छन् । काठमाडौँका विभिन्न स्थानमा पार्किंगको व्यवस्था हटाउँदा त्यहाँका व्यवसायीको व्यवसाय घटेको उनले उल्लेख गरे। त्यस्तै उनले व्यवसायीलाई जेलमा थुन्ने कानुन पनि परिवर्तन गर्नु पर्ने उनले बताए । व्यवसायीसँग समबन्धित कानुन बनाउंदा व्यवसायीसँग पनि छलफल गरेर त्यस्ता कानुन आफुहरु मान्न तयार नहुने उनले चेतावनी दिए । कठिन समयरहेकोले व्यवसायीहरु एक भएर अगाडी बढ्नु पर्ने उनको भनाई छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved