चेम्बर अफ कमर्समा ५५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 12:17:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्समा ५५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । ७३ औं वार्षिक साधारणसभाबाट घोषणा हुने नयाँ कार्यसमितिमा आवश्यक संख्यामा मात्रै आवेदन परेको हो । 

चेम्बरको जिल्ला नगरतर्फ १५ जना सदस्य रहने प्रावधान रहेकोमा १५ जनाको मात्रै आवेदन परेको छ । यस्तै, वाणिज्यतर्फ पनि १५ जना सदस्य रहने व्यवस्था अनुसार सोही संख्यामा मात्रै आवेदन परेको छ ।

उद्योग र वस्तुगत संघतर्फ पनि आवश्यक सिट संख्या अनुसार नौ नौ जना सदस्यको आवेदन परेको छ । द्विराष्ट्रिय र आवद्धतर्फ आवश्यक तीन तीन जनाका लागि आवश्यकता अनुसार नै आवेदन परेको छ । नगरतर्फ १ जना सदस्यका लागि १ जनाको मात्रै आवेदन परेको छ ।

चेम्बरको विधान अनुसार अब यहीँ नवनिर्वाचित कार्य समितिले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । हालका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल अध्यक्ष बन्ने लगभग पक्का भएको बुझिएको छ । 

चेम्बरको ७३औँ वार्षिक साधारणसभा चैत २७ गते होटल सोल्टीमा आयोजना हुँदैछ। 

हेर्नुस् सूची ;





Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved