सानिमा बैंकले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2017 | 08:47:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले गत आर्थिक बर्षको कमाईबाट दिने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर  घोषणा गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत जनाइएको छ। 

बिजपाटी डटकमले सानिमा बैंकले  १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रक्षेपण गरेको थियो। बिजपाटी डटकमको प्रक्षेपण अनुरुप नै सानिमा  बैंकले १६ प्रतिशत बोनस सेयर घोषणा गरेको हो। बिजपाटी डटकमले 'बिशेष रिपोर्ट : ग्लोबल आइएमई र सानिमा बैंक मध्ये कसको लाभांश क्षमता बढी? ' भन्ने शिर्षकमा सानिमा बैंकले सानिमा बैकले १६ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण रिपोर्ट प्रकाशित गरेको थियो ।  

बैंकको भदौ १६ मा बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताब गरेको हो। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण हुनेछ।  अघिल्लो आर्थिक बर्ष बैंकले १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

१६ प्रतिशत बोनस सेयर वितरण पश्चात सानिमा बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्नेछ। हाल सानिमा बैंकको चुक्ता पुंजी ६ अर्ब ८९ करोड रहेको छ।    बैंकले गत आर्थिक बर्ष अघिल्लो आर्थिक बर्षसंगको तुलनामा ३४ प्रतिशतले बढाएर १ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ भने उसको जगेडा कोषमा  २ अर्ब १९ करोड रहेको छ। 

यो पनि:

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved