साना किसान विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ६ गते शुक्रबार बसेको संचालक समितिको वैठकले आर्थिक वर्ष ७३/७४ को मुनाफाबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १,३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
वैठकले चुक्ता पुंजीको २५ प्रतिशत अर्थात् १२ करोड ७ लाख ६५ हजार ५ सय ८५ रुपियाँ ९४ पैसा बराबरको बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ १.३१६ प्रतिशत अर्थात् ६६ लाख १९ हजार २ सय ४१ रुपियाँ ३७ पैसा गरी कुल १३ करोड २३ लाख ८४ हजार ८ सय २७ रुपियाँ ३१ पैसा बराबरको मुनाफा वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।