नेरुड़े लघुवित्तले गर्यो २०.६८ प्रतिशत लाभांश प्रस्ताव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2017 | 12:41:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेरुड़े लघुवित्त बिकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज १७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको संचिति मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी २०.६८ प्रतिशत लाभांश (बोनस सेयरको कर सहित) दिने निर्णय गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज मार्फत जानकारी दिएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंकबाट र लघुवित्तको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बिजपाटी डटकमले नेरुड़ेले ४२ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको थियो। 

१३ प्रतिशत बोनस सेयर वितरण पश्चात नेरुडेको चुक्ता पुंजी ३४ करोड ५७ लाख ८० हजार पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी ३० करोड ६० लाख छ। लघुवित्तले गत आर्थिक बर्ष ९ करोड ४६ लाख खुद मुनाफा आर्जन गरेको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved