माछापुच्छ्रे बैंकले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले १२ प्रतिशत हकप्रद बिक्रि खुला गर्दा अवितरित १ लाख ६० हजार ७४२.६४ कित्ता सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।
बैंकले लिलाममा राखेको सेयरमा इच्छुक बोलकबोल दाताले कात्तिक ५ देखि कत्तिक १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन। बोलपत्रको नतिजा कात्तिक १४ गते एनएमबि कार्यालयमा खोलिने छ।
बैंकले लिलाममा राखेको सेयरमा संस्थापक तर्फ २० हजार ०२.४० कित्ता र साधारण तर्फ १ लाख ४० हजार ७४०।२४ कित्ता सेयर छ। बैंकले साउन ५, २०७४ देखि भदौ ५ सम्म निष्काशन गरेको हकप्रदमा दाबि नपरेको झन्डै २.०३ प्रतिशतले हुन आउने सेयर लिलाममा राखेको हो।
बैंकले १० बराबर १.२ कित्ता सेयर अर्थात १२ प्रतिशतका दरले ७९ करोड १८ लाख रुपैयाँ बराबरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद बिक्रि खुला गरेको थियो।
इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।
इच्छुक बोलकबोल दाताले एनएमबि क्यापिटल, नागपोखरी, काठमाडौंको कार्यालयमा कात्तिक १३ गते कार्यालय समयमै आवेदन लिन सक्ने छन् । बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम एनएमबि बैंकमा रहेको एनएमबि क्यापिटल मार्केट्सको नाममा रहेको खाता नम्बर ००१३०१०००५४०१००००००५ मा रकम जम्मा सक्नेछन।
हकप्रद समायोजनपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ३९ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ५९ करोड छ। बैकले गत आर्थिक बर्ष १ अर्ब ३० करोड खुद मुनाफा आर्जन गरेको छ।