जनउत्थान सामुदायिक लघुवित्तले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 23, 2017 | 10:12:59 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त बिकास बैकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको कात्तिक ५ मा बसेको ११० औ संचालक समितिको बैठकले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बिजपाटि डटकमले जनउत्थानले २० प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको थियो। गत बर्ष लघुवित्तले २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

EXCLUSIVE:कुन लघुवित्तको सेयरमा लगानी बढी प्रतिफलमुलक ? जान्नुहोस, ३२ लघुवित्तको कमाई र लाभांश क्षमता

२० प्रतिशत बोनस सेयर वितरण पश्चात जनउत्थानको चुक्ता पुंजी २ करोड ८८ लाख पुग्नेछ। हाल जनउत्थानको चुक्ता पुंजी २ करोड ४० लाख छ। जनउत्थानले गत आर्थिक बर्ष १ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved