सपोर्ट माइक्रोफाइनान्सले निष्काशन गरेको १ लाख ८० हजार कित्ता हजार साधारण सेयरको बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बुधबार साधारण सेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपिओमा कुल २ लाख ३७ हजार ६ सय १७ जनाले आवेदन दिएका थिए । जस मध्ये २ लाख ३५ हजार २ सय ४८ आवेदन योग्य र २३ सय ९६ आवेदन अयोग्य भएका छन् ।
बाँडफाँड मोडल अनुसार कुल योग्य आवेदन मध्ये गोलाप्रथाबाट १६ हजार ७ सय ४० जनाले समान १० कित्ता शेयर पाएका छन् । अन्य आवेदन भने हात खाली परेका छन् । आईपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ९०० कित्ताको लागि आवेदन परेको एनएमबी क्यापिटलले जनाएको छ ।
आईपिओको नतिजा हेर्न बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गर्नु होस् र कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गर्नु होस् । http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । आईपिओ परेको भए नाम र परेको कित्ता देखाउछ भने आईपिओनपरेको भए केहि देखाउदैन ।
कुल १ लाख ८० हजार कित्ता हजार कित्ता मध्ये ३ हजार ६०० कित्ता कम्पनीका कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ।
आइपिओ निष्काशन निष्काशन तथा वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी ६ करोड रुपैयाँ पुग्ने छ। २०७१ कार्तिक २८ गते सुनसरीको ईटहरीमा स्थापना भएको सपोर्ट माईक्रो फाईनान्सको हाल अधिकृत पूँजी रु. १५ करोड रहेको छ। त्यस्तै जारी पूँजी रु. ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई रु. १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. ६ करोड पुग्नेछ ।
हाल वित्तीय संस्थाको १० जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म १९ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ३,८०० जना सदस्यहरुलाई लघुर्जाको सेवा प्रदान गर्दै आएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।