नेप्सेको भवनमा आगलागी हुँदा बिहिबारको कारोबार प्रभावित, अब कहिले खुल्छ कारोबार ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 09:54:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) भवनमा बुधबार राति ९ बजे आगोलागि हुँदा बिहिबारको कारोबार प्रभावित भएको छ। भवनमा थप आगो फैलिन सक्ने भएकाले बुधबार नेप्सेमा बिजुली (इलेक्ट्रीसिटि) बन्द गरिएकाले बिहिबार समयमै शेयर कारोबार हुन नसकेको नेप्सेले जनाएको छ। 

'अन्य स्थानमा पनि आगो फैलने सम्भावना भएकाले रेगुलेट (बिद्युत आपूर्ति) बन्द गरेका थियौं' नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजपाटिलाई भने, 'हिजो बन्द गरिएको रेगुलेटको बिकल्पमा जाँदा केहि ढिला भएको हो, १२ बजेसम्म कारोबार सुचारु हुने बिश्वास छ, प्राविधिक कुरा भएकाले केहि ढिलो गरि सुरु हुन सक्छ '

बुधबार राति ९ बजे लागेको आगोका कारण नेप्सेको पहिलो तलाको  उत्तरतर्फकाे काेठामा क्षति पुगेको थियो। आगो के कारणले लाग्यो र कति क्षति भयो भन्ने विवरण आई नसकेको बताइएको छ। 

बुधबार राति आगलागि भएको जानकारी पश्चात बिजपाटिले नेप्सेमा सम्पर्क गर्दा घटना सामान्य भएको बताइएको थियो। यसबारे बुझ नेप्सेका जीएम चन्द्र साउदलाई सम्पर्क गर्दा साउद बिराटनगर भएको जवाफ प्राप्त भएको थियो।   


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved