आरम्भ माइक्रो फाइनान्सले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज बिहिबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले अब २ लाख ९४ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न छ। माइक्रोफाइनान्सले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने बिशेष प्रस्ताब कात्तिक १८ मा भएको तेस्रो बार्षिक साधारणसभाबाट पारित गरेको थियो ।
माइक्रोफाइनान्सले आइपीओ निष्काशनका लागि एनआईसी एसिया क्यापिटललाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धक चयन गरिसकेको छ। माइक्रोफाइनान्सले कम्पनिका कर्मचारी समेतलाई गरि २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपीओ जारि गर्न लागेको हो।
काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त गरी १५ पहाडी जिल्लामा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।