बुटवल पावरको एफपिओको बिक्री खुल्यो, कति कित्ताको लागि आवेदन दिनु उत्तम ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 29, 2018 | 06:44:02 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनीले प्रिमियममा थप नयाँ साधारण शेयर (एफपीओ) बिक्रि खुला गरेको छ। कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा ४०१  प्रिमियम थप गरि प्रति कित्ता ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन बिक्रि खुला गरेको हो। 

कम्पनीले आजदेखि छिटोमा माघ १९ र ढिलोमा फागुन १५ सम्म आबेदन दिन मिल्ने गरि एफपीओं बिक्रि खुला गरेको हो। कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। 

इच्छुकले आजदेखि न्युनतम १० कित्ता अर्थात ५ हजार १ सय रुपैयाँ बराबरको र अधिकतम २० हजार ४०० अर्थात १ करोड २ लाख २० हजार ४०० रुपैयाँको आबेदन दिन सक्नेछन।   

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी,लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगरबाट आबेदन फारम प्राप्त गरि आबेदन दिन सक्नेछन। साथै आफ्नो खाता रहेको आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट समेत अनलाइन मार्फत आबेदन दिन सक्नेछन। 

कम्पनीको एफपीओमा न्युनतम १० कित्ताका लागि आबेदन दिन मिल्ने व्यवस्था गरीएपनि यस अघिका सार्वजनिक निष्काशनलाई आधार मान्दा त्यत्तिकै आबेदन परेमा एकजनाले न्युनतम २० कित्ता पाउने अधिक सम्भावना छ। यस आधार अनुसार नै आबेदन परेमा गोलाप्रथाबाट सबैलाई एफपीओ बाँडफाँड गरिने भएकाले बुटवल पावरको एफपीओमा २०-३० कित्ता शेयर आबेदन गर्दा उचित हुने देखिन्छ। 

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी डेढ अर्ब रहेको छ। कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खुद मुनाफा गरेको छ।      

कम्पनीले एफपिओबाट संकल गरिएको रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रोपावर र ३० मेगावाटको न्गादी हाइड्रोमा प्रयोग गर्ने बताएको छ। काबेली ए मा कम्पनीको ५४ प्रतिशत स्वामित्व र न्गादी हाइड्रोमा ९७ प्रतिशत स्वामित्व छ । 

त्यस्तै कम्पनीले एफपीओ निष्काशनका लागि इक्रा नेपालबाट ग्रेड ३ पाएको छ। ग्रेड ३ पाउनुले एफपीओ बिक्रि खुला गरेको बुटवल पावरको   वित्तीय अवस्था औषत भएको देखाउंछ। 

इक्रा नेपालले १ देखि ५ अंक स्केलमा ग्रेडीङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलीयो आधारहरु जनाउछ भने ग्रेड ५ ले कम्जोर आधारहरु जनाउँछ। ग्रेड २,३,४ मा प्रयोग गरिने प्लस (+) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थिलाई जनाउंछ। 








 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved