अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र नभनेको बताएका छन् । उनले सेयरबजार अनुत्पादक क्षेत्र भएको कुरा कुनै पनि सञ्चार माध्यममा नबेलेको जिकिर गरेका हुन् ।
बीबीसीसंगको अन्तरवार्तामा खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको सार्वजनिक भएको थियो । तर उनले भने सेयर बजारलाई अनुत्पादक क्षेत्र नभएको दावी गरेका हुन् ।
आफुले नभनेको कुरालाई लिएर सेयर बजारमा चलखेल भएको आरोप पनि उनले लगाएका छन् । गोरखापत्र दैनिकबाट