नेपाल स्टक एक्चेन्जमा आज बुधबार नेपाल लाईफ इन्स्योरेन्सको बुधबार शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ४२ प्रतिशत बोनसपछि कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको मूल्य प्रतिकित्ता एक हजार ११६ रुपैयाँ कायम गरिएको छ । कम्पनीको औसत आधार मूल्य १६९९ रुपैयाँ छ ।
नेपाल लाइफले आफ्ना सेयरधनीलाई गत बर्षको मुनाफाबाट ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश पारित गर्न कम्पनीले चैत्र २८ गते अठारौं बार्षिक साधारण सभा बोलाएको छ । चैत्र १४ सम्म कायम शेयरधनीले मात्र लाभांश पाउन र साधारणसभामा भाग लिन सक्ने छन ।
हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।