मेगा बैकमा गाभिएर एकीकृत कारोबारको पर्खाईमा रहेको टुरिजम डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको संचिति मुनाफाबाट 'आकर्षक' लाभांश घोषणा गरेको छ।
बैंकको चैत २२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको संचिति मुनाफाबाट १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको नेप्से मार्फत बैंकले जनाएको छ। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनिहरुमा लाभांश वितरण हुनेछ।
शतप्रतिशत हकप्रदले समेत पाउने गरि गत बर्ष ९ दशमलब ३ प्रतिशत बोनस सेयर घोषणा गरेको टुरिजमको १५ प्रतिशत बोनस सेयरले शेयरधनिहरु 'मालामाल' भएका छन। बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीको ९५ प्रतिशतको स्वाप अनुपातमा मेगासंग मर्जरमा जाने भएकाले पनि टुरिजमका शेयरधनी मालामाल भएका हुन।
अर्थात टुरिजमको १०० कित्ता शेयर हुनेसंग १५ प्रतिशत बोनस पश्चात ११५ कित्ता हुनेछ भने मेगासंग ९५ प्रतिशतको स्वापमा गाभिदा उसंग १०९.२५ राउण्ड फिगर गर्दा ११० कित्ता हुनेछ। जबकी मेगाले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको बोनस सेयरको दरलाई जोड्ने हो भने मेगाको एक सय कित्तावालसंग मर्जर पश्चात १०९ कित्ता शेयर हुन्छ।
अर्को तर्फ टुरिजमले शतप्रतिशत हकप्रद पश्चात कायम चुक्ता पुंजीबाट ९ दशमलब ३ प्रतिशत दिएर त्यसपश्चात कायम चुक्ता पुंजीबाट १५ प्रतिशत बोनस दिंदा टुरिजमका शेयरधनि मालामाल भएका हुन।
मेगा र टुरिजम बैंक स्रोतले दिएको जानकारी अनुसार अब केहि साताभित्र नै दुवै बैंकको एकीकृत कारोबार हुनेछ। नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतीको पर्खाईमा रहेको र स्वीकृति पाए लगत्तै एकीकृत कारोबार थाल्ने बैंक स्रोतले जनाएको छ।