सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद प्रयोजनार्थ शेयरधनि दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ। कम्पनिको चैत २६ मा बसेको संचालक समितिले हकप्रद प्रयोजनार्थ बैशाख ५ का लागि शेयरधनि दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जनाइएको छ।
१० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशत हकप्रद बिक्रिका लागि कम्पनिले बैशाख ५ का लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले बैशाख ४ सम्म कायम शेयरधनिहरुले हकप्रद भर्न पाउनेछन।
कम्पनिको गत भदौ ७ गते बसेको ९ औ बार्षिक साधारणसभाले ४० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। कम्पनिको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइसी एसिया क्यापिटल छ। ४० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी ६५ करोड ६२ लाख बाट ९४ करोड ५० लाख पुग्नेछ।