राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस दिने भएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत बोनस र ०.६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४१ करोड १० लाख रुपैयाँको बोनस र २४ लाख ६० हजार रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । सो का लागि कम्पनीले असार २४ गते आइतबार साधारण सभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ५ गते देखि २४ गते बुक क्लोज गर्ने भएको छ ।