नेशनल लाइफ इन्स्योरेन्सले साउन १ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डले जेठ ४ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो ।
अब नेशनल लाइफ इन्स्योरेन्सले ६० प्रतिशतका दरले ९९ लाख ३६ हजार ४ सय ७७ दशमलव ५० कित्ता हकप्रद जारी गर्ने छ । लगानीकर्ताले साउन १ गतेदेखि भदौ ४ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनको लागि एनईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । असार २१ सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।
कम्पनीको साउन २७ मा बसेको २९ औं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर पश्चात कायम चुक्ता पुंजीबाट ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गरेको थियो । ६० प्रतिशत हकप्रद बिक्री गर्दा कम्पनीको चुक्ता पुंजी २ अर्ब ६४ करोड पुग्नेछ।