सिनर्जी फाइनान्सले आज असार २५ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १:०.२५ को अनुपातमा २५ प्रतिशत अर्थात् ११ लाख ८६ हजार २२ दशमलव ४७ कित्ता हकप्रद निष्काशन गरेको हो । कम्पनीको हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
लगानीकर्ताले साउन २७ गतेसम्म हकप्रद बिक्रि गर्न सकने छन् । लगानीकर्ताले प्रभु क्यापिटल कमलादी, सिनर्जी फाइनान्सको शाखा कार्यालयहरु र सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सक्ने छन् । साथै मेरो शेयर अनलाइनबाट समेत हकप्रद भर्न सकिने छ ।
कम्पनीको मङ्सिर ५ गते भएको बिशेष साधारणसभाले हकप्रद प्रस्ताव पारित गरेको थियो । हाल फाइनान्सको चुक्ता पुंजी ४७ करोड ४४ लाख रहेकोमा २५ प्रतिशत हकप्रद पश्चात चुक्ता पुंजी ५९ करोड ३१ लाख पुग्ने छ ।