नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर खरिद बिक्रीका लागि स्थायी लेखा नम्बर (PAN) लिन प्रोत्साहित गर्ने भएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्बजनिक गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले २०७५।७६ देखि प्यान लिन लगानीकर्तालाई प्रोत्साहित गरिने बताएका हुन् ।
बोर्डले २०७४/७५ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दा नै 'दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नं. (PAN) लाई २०७५।७६ देखि अनिवार्य गर्नकोलागि आवश्यक नीतिगत व्यवस्था गर्ने' उल्लेख गरेको थियो । तर बोर्डको यस्तो घोषणाले लगानीकर्ताको मनोबल खस्कदा बजार नै ओरालो लागेको थियो ।
त्यस समय वजार घटेपछि शेयर लगानीकर्ता संघले बिज्ञप्ति नै निकालेर बोर्डले सम्बन्धित निकायसंग पर्याप्त छलफल पश्चात मात्रै पुंजीबजारमा प्यानको अनिवार्यताबारे निचोडमा पुग्ने प्रष्ट पारेको थियो ।
सोहि नीति अनुरुप बोर्डले अहिले त्यसलाई अनिवार्य नगरी परिक्षणको लागि प्रयोग गर्न प्रोत्साहित गर्ने गरी लागु गर्न लागेको अनुमान गर्न सकिन्छ ।