भार्गव विकास बैंकले लाभांश घोषणा गरको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट लगानीकर्ता लाई ५.५५५५६ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनको लागि ०.२९२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले हकप्रदले समेत पाउने गरी २ करोड ६४ लाख बराबरको बोनस शेयर र १३ लाख ८९ हजार ४ सय ७३ रुपैयाँ ६८ पैसा बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
हाल बैंकको चुक्ता पुंजी ४७ करोड ५२ लाख रहेकोमा प्रस्तावित बोनस बितरणपछि ५० करोड १६ लाख पुग्ने छ ।