युनियन हाइड्रोपावर लिमिटेडले आज साउन १४ गतेदेखि आईपिओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावीत लमजुङको फिदिम खोलावासीका लागि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।
इच्छुक स्थानीयबासीले न्युनतम ५० कित्ता र अधिकतम ३००० कित्ताका लागि आबेदन दिन पाउनेछन। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। कम्पनीले साउन २८ सम्मका लागि आइपीओ बिक्रि गर्ने जनाएको छ।
कम्पनीले जारि गर्न लागेको आइपीओका लागि ग्रेड ४ पाएको छ। ईक्रा नेपालले दिएको ग्रेड ४ ले कम्पनीको अवस्था औशतमा कम्जोर भएको जनाउछ। इक्रा नेपालले १ देखि ५ अंक स्केलमा ग्रेडीङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलीयो आधारहरु जनाउछ भने ग्रेड ५ ले कम्जोर आधारहरु जनाउँछ। ग्रेड २,३,४ मा प्रयोग गरिने प्लस (+) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थिलाई जनाउंछ।
कम्पनीले लमजुङको फिदिम खोलामा ३ दशमलव ३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ भने २० मेगावाट क्षमताको मेवा आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ ।