प्राइम कमिर्शयल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्विजिशन गर्ने सम्झौता गरेको छ । समझदारी अनुसार ओम डेभलपमेन्ट बैंक प्राईम बैंकमा विलिय हुनेछ । एक्विजिशनपछि बन्ने संस्थाको नाम प्राइम कमिर्शयल बैंक हुनेछ ।
सम्झौतामा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशलीले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार मङ्सिरसम्म यस प्रक्रिया पुरा गर्न दुवै पक्ष सहमत भएका छन् । यस प्रक्रिया पुरा गर्न दुवै बैंकका १-१ संचालक सम्मिलित संयुक्त एक्विसिजन समिति गठन भएको छ । यहि समितिले नै आवश्यकता अनुसार उप समितिहरु गठन गरी एक्विसिजन प्रक्रियालाई अन्तिम रुप दिने छ ।समितिमा प्राईम बैंकका तर्फबाट गजेन्द्र बिष्ट र ओम डेभलपमेन्ट बैंकको तर्फबाट योगेन्द्रलाल प्रधान रहेका छन् ।
एक्विजिसनपछि बन्ने बैंकको संचालक समितिमा ओमको तर्फबाट हाल कायम रहेका कुनै पनि संचालकको प्रतिनिधित्व नरहने उल्लेख छ । डिडिएको लागि १ महिनाको समयसिमा दिएर प्रस्ताव समेत आहवान भएको छ । एक्विसिजनपछि लगानीकर्तालाई बोनस शेयर र नगद लाभांश समेत वितरण गर्ने उल्लेख छ ।
यस्तो छ दुई बैंक बीच भएको २२ बुंदे सहमति पत्र ।