आइतबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा १ करोड ७० लाख कित्ता बढी कित्ता शेयर सुचिकृत भएका छन् । आज २ बाणिज्य बैंक सहित ५ कम्पनीका गरी कुल १ करोड ७० लाख ३ हजार ८४ दशमलव ४५ कित्ता शेयर सुचिकृत भएका हुन् ।
हेर्नुस कसको कति ?
सिटिजन्स बैंकको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपिओ ।
कुमारी बैंकको १ करोड १९ लाख ३८ हजार ९ सय ९१ दशमलव ६५ कित्ता हकप्रद शेयर ।
सूर्या लाइफ इन्स्योरेन्सको २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयर।
युनाइटेड फाइनान्सको १२ लाख ७८ हजार १ सय ३९ दशमलव ७० कित्ता बोनस शेयर ।
मन्जीश्री फाइनान्सको ४ लाख ३४ हजार ६ सय २७ दशमलव १० कित्ता बोनस शेयर ।