दुई कम्पनीले अईपिओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । युनियन हाइड्रोपावर लिमिटेड र स्वाबलंबन माइक्रोफाईनान्सले शेयर निष्काशनको अनुमति मागेका हुन् ।
जस अनुसार युनियन हाइड्रोले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशनको अनुमति मागेको हो । यसमा यसअघि कम्पनीले स्थानीयलाई शेयर जारी गर्दा बिक्रि नभएको ६ लाख २१ हजार ७ सय ९० कित्ता शेयर समेत समाबेश छ । कम्पनीको बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।
त्यस्तै स्वावलम्बन माइक्रोफाइनान्सले १ करोड ८० लाखको १ लाख ८० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।