मध्य भोटेकोशी जलविद्युत कम्पनीले कात्तिक २८ गतेदेखि पहिलो चरणको आइपीओ निष्काशन गर्दै छ । कम्पनीले कात्तिक २८ देखि मंसिर १४ गतेसम्म १ अर्ब ४४ करोड बराबरको १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यो आईपिओमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीले मात्र आवेदन दिन पाउने छन् ।
जस मध्ये संचयकर्ताहरुको लागि १ करोड १७ लाख कित्ता छुट्याइएको छ । संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीलाई भने मङ्सिर १९ गतेदेखि २६ गतेसम्म आईपियो निष्काशन हुने छ ।
यदि तपाई पनि उल्लेखित वर्गमा पर्नु हुन्छ भने तपाईले आज नै निम्न कार्य गर्नु उचित हुन्छ ।
१) योग्य/अयोग्य थाहा पाउनु होस्
संचयकोषका सबै संचयकर्ताले यस आईपिओमा आवेदन दिन पाउने छैनन्। २०६८ मङ्सिर २२ मा कायम रहेका र त्यस पश्चात २०७५ असोज २९ गतेसम्ममा संचय कोषमा कायम रहेका संचयकर्ताले यसमा आवेदन दिन पाउने छन् । यदि तपाई यो भित्र पर्नु हुन्छ कि हुदैन भन्ने थाहा नभए आफ्नो आइडीबाट तपाईले संचय कोषको वेबसाइट मार्फत चेक गर्न सक्नु हुन्छ । यहाँ क्लिक गरेर आफ्नो युनिक नम्बर हालेर चेक गर्न सकिन्छ । यदि तपाई आवेदन दिन योग्य हुनु हुन्न भने अरु प्रक्रियामा प्रवेश नगरेकै बेश ।
२) डिम्याट नम्बर
यस आईपीओमा आवेदन दिन डिम्याट नम्बर अनिवार्य गरिएको छ । यदि डिम्याट नम्बर छैन भने आफुलाई पायक पर्ने डिपीबाट तत्काल नै डिम्याट खोल्नु होला अन्यथा तपाईले यस आईपिओमा आवेदन दिन पाउनु हुन्न ।
३) युनिक आईडी
हरेक संचयकर्तालाई संचय कोषले आइडी प्रदान गरेको छ, जसमा युनिक नम्बर रहन्छ । आईपिओमा आवेदन दिंदा यो आईडी अनिवार्य रुपमा देखाउनु पर्ने छ । त्यस्तै संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीको हकमा पनि यो लागु हुन्छ ।
अवकाश प्राप्त संचयकर्ताको हकमा अवकाश पत्र वा सम्बन्धित संस्थाको सिफारिस पत्र, नागरिकताको प्रतिलिपि र कोष परिचय पत्र नम्बर पनि आवश्यक पर्छ ।
४ ) सिफारिस (युनिक आईडीमा समस्या भए मात्र)
यस अघि रसुवागढी र सान्जेंन हाइड्रोले संचयकर्तालाई आईपिओ निश्काशन गर्दा केहीको हकमा २ जनाको एउटै आइडी भएको पाइएको थियो । यस पटक त्यस्तो समस्या नआउने संचय कोषले दाबी गरेको छ । तर समस्या आइहालेमा तपाईले संचय कोषबाट एउटा सिफारिस लिनु पर्ने हुन्छ । सिफारिसमा तपाइको आइडीमा समस्या भएको उल्लेख गरी तपाईको असली आइडीको बिषयमा जानकारी गराईएको हुन्छ । यस्तो सिफारिस कोषको जुनसुकै कार्यालयबाट लिन सकिन्छ ।
५) विवाह दर्ता (थर फरक भएका विवाहित महिलाहरुको लागि मात्र)
बिशेषगरी विवाहित महिलाहरुले विवाहपछि थर परिवर्तन गर्छन । यसो हुँदा उनीहरुले विवाह अगाडी खोलेको डिम्याटमा एउटा थर र संचयकोषमा भएको विवरण अर्कै थर हुँदा समस्या आउने गर्छ । साथै बैंकमा भएको खातामा पनि फरक थरका कारण समस्या हुने गर्छ । यसलाई समाधान गर्न डिम्याट खाता, बैंक खाता र संचयकोषको आइडीमा समान थर नभएका विवाहित महिलाले आईपिओ भर्दा विवाह दाताको प्रमाणपत्र पनि पेश गर्नु पर्ने छ ।
६) सिआरएन नम्बर
यस आईपिओमा आवेदकले सी -आस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउनेछन् । सी -आस्वा प्रणालीबाट आवेदन दिनको लागि सी -आस्वा रजिस्ट्रेसन नम्बर अर्थात सिआरएन नम्बर अनिवार्य हुन्छ। यदि तपाईसंग सिआरएन नम्बर छैन भने आईपिओ भर्दा जुन बैंकको खाता प्रयोग गर्ने हो त्यहि बैंकमा गएर सिआरएन नम्बर लिनु होला । यो आईपिओमा अनलाइन मार्फत आवेदन दिन मिल्दैन । यसर्थ हरेकले माथि उल्लेखित कागजात र प्रक्रिया पुर्याएर आफु स्वयं नै बैंकमा आईपिओ भर्नको लागि उपस्थित हुनु पर्ने छ ।
७) खाता सक्रिय
यदि तपाईले आफ्नो बैंक खाता ६ महिनाभन्दा बढी समयसम्म प्रयोग गर्नु भएको छैन भने तपाइको खाता निष्क्रिय भएको हुन्छ । यसलाई बंकिंग भाषामा 'डोरमेन्ट एकाउन्ट' अर्थात निष्क्रिय भनिन्छ । यदि तपाईले पनि ६ महिना भन्दा बढी समयसम्म खाता प्रयोग गर्नु भएको छैन भने तपाइको खाता निष्क्रिय नै हुन्छ । आईपिओ भर्न खातालाई सक्रिय बनाउनु पर्ने हुन्छ । त्यसको लागि सम्बन्धित बैंकबाट आफै उपस्थिति भ्याएर एकाउन्ट एक्टिभेशन फारम भरी बुझाउनु पर्ने हुन्छ । यदि तपाईले केवाईसी नभरेको भए आईपिओ भर्नु अगाडी त्यो पनि भर्नु पर्ने हुन् सक्छ ।
८) चेक प्रतिबन्ध
आईपिओ भर्दा आवश्यक पर्ने रकमको लागि चेकको जोहो गर्नु भएको छ भने त्यसलाई साटेर उक्त रकम खाता मै डिपोजिट गर्नु होला । चेक मार्फत आईपिओमा आवेदन दिन पाइने छैन ।
९) खातामा पर्याप्त रकम
यी बाहेक आवेदन दिनु अगाडी खातामा पर्याप्त रकम छ कि छैन भनेर चेक गर्नु पर्छ । यदि खातामा पर्याप्त रकम नभए तपाइको आवेदन रद्द हुन्छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन र बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल, एनआइबीएल एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटल रहेका छन्।
यो पनि :