मध्य भोटेकोशीको आईपिओ भर्न तपाई योग्य कि अयोग्य ? यसरी गर्नुस चेक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 13, 2018 | 02:24:14 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले कात्तिक २८ गतेदेखि पहिलो चरणको आइपीओ निष्काशन गर्दै छ । कम्पनीले कात्तिक २८ देखि मंसिर १४ गतेसम्म  १ अर्ब ४४ करोड बराबरको १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यो आईपिओमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीले मात्र आवेदन दिन पाउने छन् । 

जस मध्ये संचयकर्ताहरुको लागि १ करोड १७ लाख कित्ता छुट्याइएको छ ।  संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीलाई भने मङ्सिर १९ गतेदेखि २६ गतेसम्म आईपियो निष्काशन हुने छ । 

संचयकोषका सबै संचयकर्ताले यस आईपिओमा आवेदन दिन पाउने छैनन्।  २०६८ मङ्सिर २२ मा कायम रहेका र त्यस पश्चात २०७५ असोज २९ गतेसम्ममा संचय कोषमा कायम रहेका संचयकर्ताले यसमा आवेदन दिन पाउने छन्   । यदि तपाई यो भित्र पर्नु हुन्छ कि हुदैन भन्ने थाहा नभए आफ्नो आइडीबाट तपाईले संचय कोषको वेबसाइट मार्फत चेक गर्न सक्नु हुन्छ  यहाँ क्लिक गरेर आफ्नो युनिक नम्बर हालेर चेक गर्न सकिन्छ । यदि तपाई आवेदन दिन योग्य हुनु हुन्न भने अरु प्रक्रियामा प्रवेश नगरेकै बेश । 

यो पनि : 

मध्य भोटेकोशीको आईपिओ भर्दै हुनुहुन्छ ? आबेदन रद्द हुनबाट बच्न तत्काल गर्नुहोस यी ९ काम

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved