सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मङ्सिर २ गतेदेखि निष्काशन गरेको आईपिओमा अत्याधिक आवेदन परेको छ । दोस्रो दिन बेलुका ५ बजेसम्मको तथ्यांक अनुसार आईपिओमा १ लाख ९ हजार ६ सय ८६ आवेदकले ७१ लाख ५० हजार ५ सय कित्ताको लागि आवेदन दिएको बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको छ ।
कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गरेको हो । लगानीकर्ताले मङ्सिर ५ सम्म आईपिओमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतंम ५० कित्ता र अधिकतम १५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर ५० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन।
कम्पनीले ४ प्रतिशत अर्थात् १२ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । लगानीकर्ताले आश्वा सदस्य रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।
सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
कम्पनीले गत माघ महिना मै आईपिओ निष्काशन गर्ने मिति सार्बजनिक गरिसकेको थियो । तर आईपियो निश्कासन हुने अघिल्लो दिन मात्र राष्ट्र बैंकको निर्देशनमा कम्पनीको आईपियो रोकिएको थियो । राष्ट्र बैंकको सुपरिवेक्षण बिभागले गरेको अनुगमनको क्रममा सामुदायिक लघुवित्तको विवरणमा कैफियत भेटिएको, रिपोर्टमा संस्थागत शुशासन् नदेखिएको छैन, कम्पनीमा अनियमितता देखिएको , कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक रहेकोले कम्पनीको आईपियो रोकिएको थियो ।
रोकिएको आईपिओ झन्डै १ बर्ष पछि आएकोले कम्पनीले संशोधित आह्वान पत्र सार्बजनिक गरेको छ ।
सम्बन्धित समाचार: