कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha Limited ले ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न संचालक समितिको बैठकले २०७५ असार मसान्तसम्म कायम चुक्ता पुंजीको ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । तर बोनसले भने हकप्रद नपाउने भएको छ ।
हाल कम्पनीको चुक्ता पुंजी १० करोड रहेकोमा बोनसपछि चुक्ता पुंजी १० करोड ८० लाख पुग्ने छ । त्यस्तै हकप्रद निष्काशनपछि पुंजी १८ करोड ३० लाख पुग्ने छ ।