बिभिन्न ३ बैंकको १८ हजार २ सय कित्ता शेयर लिलाममा आएको छ । सिन्धु विकास बैंकको ६२ सय १७ कित्ता, जनता बैंकको ७२ सय ८६ कित्ता संस्थापक शेयर र २७ सय १४ कित्ता साधारण शेयर र रिलायबल डेभलपमेन्ट बैंकको १९ सय ८३ गरी कुल १८ हजार २ सय कित्ता शेयर लिलाममा आएको हो ।
ऋण असुली न्यायधिकरणले मुद्दा फर्स्योट गर्ने क्रममा प्रतिवादी केदार खत्री क्षेत्रको नाममा रहेको यी शेयर लिलाम गर्न लागेको हो । यी शेयर न्युनतम मूल्य २४ लाख ४२ हजार ७ सय ५२ रुपैयाँ कायम गरिएको छ । यी शेयरमा आवेदन दिनको लागि न्यायधिकरणले दर्जन बढी शर्त तोकेको छ ।
हेर्नुस न्यायधिकरणको सूचना ।