सेयरका लगानीकर्ताले सेयर धितोमा एक अंकको ब्याजमा ऋण दिन माग गरेका छन। नेपाल राष्ट्र बैंकले आयोजना गरेको पुर्व बजेट छलफल कार्यक्रममा बोल्दै नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष अन्जिब तुलाधरले ऋण लिन चाहने सेयरका लगानीकर्तालाई बजेट मार्फतनै एक अंकको ब्याजदरमा ऋण उपलब्ध हुने व्यवस्था मिलाउन सुझाब दिएका छन।
सेयर धितो कर्जाको सिमा ६५ प्रतिशत सिमा नराखी बैंक वित्तीय संस्थाको स्वबिबेकले ८० प्रतिशतसम्म पुर्याउन पाउने व्यवस्था गर्न समेत कोषाध्यक्ष तुपालाधरले सुझाब दिएका छन। हाल सेयर धितोको कर्जाको सिमा ६५ प्रतिशत कायम छ।
प्रत्येक आर्थिक बर्षको बजेटमा पुंजीबजारमा लगानी गर्नलाई गैरआवासीय नेपालीलाई बाटो खुला गर्ने कार्यक्रम समावेश भएपनि कार्यन्वयन नभएकोप्रति असन्तुष्टि जनाउदै उनले यस बर्षको बजेटमा त्यसको स्पष्ट व्यवस्था गर्नलाई सुझाब दिएका छन।
सधैं जसो यो बर्षपनि बजेटमा कालोधनको बिषय उल्लेख गरेर सेयरका लगानीकर्तालाई आन्तंकित नगर्न समेत उनले सुझाब दिएका छन। सेयरमा लगानी गर्न सानो भन्दा सानो रकमलाई पनि उत्प्रेरित गर्नेगरि बजेट मार्फत नै सेयर शिक्षा कार्यक्रम लागू गर्नलाई उनले सुझाब दिएका छन।