ओम डेभलपमेन्ट बैंकको लाभांश खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 10:17:46 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट Om Development Bank Limited को लगानीकर्ताले गत वर्षको मुनाफाबाट संचालक समितिले प्रस्ताव गरेको १२.७० प्रतिशत लाभांश नपाउने भएका छन् । बैंकले प्रस्तावित बोनस रद्ध गरेसँगै उक्त लाभाशं लगानीकर्ताले नपाउने भएका हुन्। 

जेठ २ गते एनएमबी बैंकसँग मर्जमा जाने सम्झौता गरेको बैंकले सम्झौतको बुँदा नंम्बर २७ लाई कारण देखाउँदै प्रस्तावित बोनस रद्ध गरेको हो । मर्जर सम्झौताको २७ नं.बुँदामा मर्जर पछाडी संयूक्त रुपमा साधारणसभा आयोजन गरि कायम रहेका शेयर धनीलाई आर्थिक वर्ष ७५/०७६  को मुनाफाबाट समान रुपमा लाभांश बाड्ने सहमति रहेको ओमले नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ । 

चालु आर्थिक वर्षामा नै मर्जर प्रक्रिया सक्ने लक्ष्यलाई विचमा साधारणसभा गर्दा असर पर्ने हुनाले उक्त सम्झौता भएको ओमले जनाएको छ। सोही सम्झौता बमोजिम नेपाल राष्ट्र बैंकलाई बोनस रद्ध गर्नको लागि पत्र पठाएको र राष्ट्र बैंकको स्वीकृतिमा लाभांश रद्ध गरिएको ओमले जनाएको छ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तको विवरणमा ओमकोे भन्दा एनएमबी बैंकको प्रतिशेयर आम्दानी बढी रहेको छ ।  यसरी हेर्दा गत वर्षको मुनाफबाट लाभांश खान नपाएका लगानीकर्तालाई केही राहत पुग्ने देखिन्छ । त्यस्तै स्वाप रेसियो  पनि रद्ध भएको लाभांशलाई मध्यनजर गर्दै तयार गरिने सम्झौता भएको स्रोतको दावी  । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved