ग्लोबल आईएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited ले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।
कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। अब लघुवित्तले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ४ लाख रहेकोमा शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पुंजी २२ करोड ८ लाख पुग्ने छ ।