यी दुई 'फ्याक्टर' ले नेप्सेमा दोहोरो अंकको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 04:24:08 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार नेप्से सूचक १६.०९ अंकले बढेर ११८२.३१ को उचाईमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका १७३ कम्पनीको २० लाख ८२ हजार ७ सय १८ कित्ता शेयर खरिद बिक्रिबाट ७१ करोड २३ लाख ५७ हजार २ सय ४१ रुपैयाँ बराबरको भएको छ । आज शिवम सिमेन्टको सबै भन्दा धेरै ५ करोड ६२ लाख बराबरको कारोबार भएको छ । आज ओमी लघुवित्त र ग्रामिण विकास लघुवित्तको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले  बढेको छ । 

तुलनात्मक रुपमा ब्याजदर घट्दै गएको र तरलता पनि सहज हुदै गरेकोले त्यसको सकारात्मक पभाव नेप्से सूचकमा परेको विश्लेषकहरु बताउछन् । विश्लेषक भन्छन् ' यस अघि पुस मसान्त नजिकिदै जाँदा बैंक ब्याजको जोहो गर्नु पर्थ्यो, तरलता कम थियो, तर अहिले तरलता सहज देखिएको छ, क्लोजिङमा टाइट हुने तरलताअहिले सहज छ'। यस पटक लाभांश वितरण गर्दा बैंकहरुले बोनसमा भन्दा नगदमा जोड दिएको र त्यो रकम अन्तंत बजार मै आएकोले पनि बजार सकारात्मक भएको विश्लेषकहरु बुझाई छ ।

 डा. युवराज खतिवडा अर्थमन्त्रीबाट हट्ने हल्ला फिजाएर पनि बजार बढाउने प्रयास भएको चर्चा पनि चलेको छ । राष्ट्रिय सभा सदस्यको रुपमा उनको कार्यकाल सकिन लागेको र कार्यकाल सकिएपछि उनी अर्थमन्त्रीबाट हट्ने चर्चा बजारमा छ । यद्यपि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यको रुपमा मनोनित भएकोले उनी फेरी मनोनित हुने सम्भावना कायमै छ । शेयरबजारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिएपछि डा. खतिवडालाई लगानीकर्ताले रुचाएका छैनन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved