आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९५ लाख कित्ता भन्दा बढी शेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था र चिलिमे हाइड्रोपावरको ९५ लाख ७५ हजार २७१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
चिलिमे हाइड्रोपावरको ९५ लाख १६ हजार २७१ दशमलव ५६ कित्ता बोनस शेयर र गुँरास लघुवित्तको ५९ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।