'मालपोत कार्यालय र सुनचाँदी पसल खुल्दा शेयर बजार किन बन्द ? '

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 04:14:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले शेयरबजार लामो समयको लागि बन्द हुनु दुखद रहेको बताएका छन् । नेपाल धितोपत्रको २८ औ वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष रानाभाटले मालपोत कार्यालय र सुनचाँदी पसल खुल्दा पनि बजार नखुल्नु दुखद भएको बताएका हुन् ।

बजार नखुल्दा बजारको विश्वसनियता माथि नै प्रश्न चिन्ह उठेको र सरकारले लाखौ राजश्व गुमाईरहेको उनले बताए । उनले बजार नखुल्दा नै बोर्ड, नेप्से, सिडीएस, ब्रोकर, डिपी लागायतहरुले आफ्नो आम्दानी गुमाउनु परेको बताए । 

बजार बन्द गर्नु पर्ने अवस्था आउनुमा सबैको कमजोरी रहेको र त्यसलाई सबैले स्वीकार गर्नु पर्ने उनले बताए । आगामी दिनमा यस्तो अवस्था आउँन नदिन एक अर्कामा दोषारोपण गर्नु भन्दा पनि आआफ्नो दायित्वबोध गर्दै अगाडी बढ्नु पर्ने उनले बताए ।

उनले बजारलाई चलायमान बनाउन  र बजारको तिब्र उतार चढावलाई रोक्न लगानीका अन्य उपकरणको समेत ब्यबस्था गर्न माग गरेका छन् । बजेटले पनि आफ्ना माग पुरा नगरेकोले लगानीकर्ता र ब्रोकरहरु केहि निराश रहेको उनले बताए । 

उनले ५ प्रतिशतलाई अन्तिम कर कायम गर्नु पर्ने, तत्काल स्टक डिलरले काम थाल्नु पर्ने, अनलाइन सेटलमेन्टको लागि तत्काल बैंक इन्टिग्रेसन गर्नु पर्ने, संस्थागत लगानी भित्राउन, ब्रोकर लगायत अन्य इच्छुक संस्थालाई स्टक डिलरको कार्य गर्न दिन  माग गरेका छन् । उनले नेप्सेले एपीआई दिएमा लकडाउन अवधि मै बैंक इन्टिग्रेसन गर्न सकिने देखिएकोले त्यसमा तत्काल काम गर्नु पर्ने उनको माग छ । उनले आगामी दिनमा  बजार कहिल्यै पनि बन्द गर्नु पर्ने अवस्था नआउने गरी अहिले देखि नै कदम चाल्न माग गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved