युनिक नेपाल लघुवित्तले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
शेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा युनिक नेपाल लघुवित्तको तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले प्रति शेयर १०० अंकित दरको २ लाख ७० हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । हाल लघुवित्तको अधिकृत पूँजी १० करोड, जारी पूँजी.९ करोड, र चुक्ता पूँजी. ६ करोड ३० लाख रहेको छ। आईपिओ निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी ९ करोड हुनेछ ।
२०७५ साल मंसीर ६ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यो लघुवित्तले २०७५ सालपौष १ गतेदेखि आफ्नो वित्तीय कारोवारको सुरु गरेको हो । कोहलपुर, बाँकेमा केन्द्रीय कार्यालय रहेको यस वित्तीयसंस्थाले ३८ वटा शाखा कार्यालय मार्फत सेवा दिदै आयेको छ । लघुवित्तले आर्थिक वर्ष ०७६÷०७७ आषाढ मसान्तसम्ममा.४ करोड ५ लाख खुद मुुनाफा गरेको छ ।