जनरल इन्स्योरेन्स कम्पनी General Insurance Company Nepal ले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज ब्दुह्बर अन्तिम दिन हो । कम्पनीले असोज ११ गते प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
कम्पनीको आईपिओमा तेस्रो दिनसम्ममा ६ लाख बढीले आवेदन दिएका छन् । मंगलबार साँझ ५:३० बजेसम्ममा कम्पनीको आईपिओमा ६ लाख ८३ हजार ३ सय ७२ आवेदकले १ करोड ९२ लाख ६ हजार २ सय ७० कित्ताको लागि आवेदन दिएका हुन् ।
कुनै पनि आईपिओमा तेस्रो दिन मै ६ लाख बढीले आवेदन दिएको यो नै पहिलो पटक हो । सिडीएसका अनुसार पिक आवरमा एक सेकेण्ड मै ६ वटाको दरले आवेदन परेको छ । यो भनेको प्रति मिनेट ३६० आवेदन हो ।
कम्पनीले निष्काशन गरेको आईपिओ मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । यद्यपि कम्पनीको शेयर गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन ।
यो पनि :