माउन्टेन इनर्जी आईपिओ रिभ्यु: हाईप्रोफाइल संचालक, २५ प्रतिशतसम्म लाभांश

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 10, 2020 | 07:53:07 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपाल लिमिटेडले कार्तिक २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्दै  । कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो   जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  

कम्पनीको आईपिओमा छिटोमा मङ्सिर २ गतेसम्म र सो समयसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सकिने छ    शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीयलाई १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो जसमा पूर्ण आवेदन परेको थियो

कम्पनीको बारेमा

माउण्टेन इनर्जी नेपाल लिमिटेड २०६४ साल जेष्ठ ३१ मा कम्पनी रजिष्ट्रार कार्यालयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भएको हो । यसले २०७१ साल भाद्र ९ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कारोबार संचालन गरी रहेको छ । यस कम्पनीमा २०७५ भदौमा रोबष्ट इंनर्जी लि. र आदीशक्ति विद्युत विकास कम्पनी लिमिटेड गाभिएका छन्  

आयोजनाको बारेमा

कम्पनीको हाल दुई वटा आयोजना संचालनमा छ । कम्पनीको नुवाकोट जिल्लाको सुन्दरादेवी गा.वि.समा ५ मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत आयोजना छ भने म्याग्दी जिल्लाको नारच्याङ्ग गा.वि.समा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजना छ ।

मिस्ट्री खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत प्रति मेगावाट १३ करोड ४३ लाख ४८ हजार र तादी खोला (थप्रेक) जलविद्युत आयोजनाको लागत प्रति मेगावाट १८ करोड ४९ लाख १६ हजार रहेको छ । दुवै जलविद्युत आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ५६ करोड ७२ लाख १३ हजार रहेको छ  ।

५ मेगावाटको तादी खोला आयोजनाले २०६९ चैत्र १४ गते देखि नै ब्यबसायीक उत्पादन थाली सकेको छ । मिस्ट्री खोला जलविद्युत आयोजनाको निर्माण ९६.१८ प्रतिशत सकिएको भए पनि उत्पादन गर्ने बिद्यूत प्रबाहको लागि अपरिहार्य काली गण्डकी प्रसारण लाईन तथा सबस्टेसन आयोजनाको निर्माण कार्य सकिएको छैन ।  उक्त आयोजनाको परामर्सदाता पावर ग्रिड करर्पोरेसन अफ ईण्डिया लि. ले प्रसारण लाईन तथा सबस्टेसन निर्माण गर्ने ठेकेदारलाई २०२० सेप्टेम्बर १२ अर्थात २७ भाद्र २०७७ सम्मको समय सिमा सिफारीस गरेको थियो ।

विद्युत खरिद बिक्रि दर

नेपाल विद्युत प्राधिकरणले कम्पनीको आयोजनाको विद्युत सुख याम प्रति युनिट ८ रुपैयाँ ४० पैसा र वर्षा याममा ४ रुपैयाँ ८० पैसामा  खरिद गर्ने सम्झौता गरेको छ । तादिको हकमा व्यापारिक उत्पादन शुरु हुने मितिबाट एक वर्ष पुगेको महिनाको लगत्तै पछिको महिना देखि लागु हुने गरि प्रत्येक वर्षको लागि ३ (तीन) प्रतिशतका दरले ५ (पाँच) पटकसम्म मूल्यबृद्धि दिई निम्न तालिका अनुसार विद्युत उर्जा खरीद दर कायम गरिएको छ । मिस्ट्रीको हकमा व्यापारिक उत्पादन शुरु हुने मिति पर्ने आर्थिक वर्ष पछिको आर्थिक वर्षहरुमा १० पटकसम्म ३ प्रतिशतका दरले मूल्यवृद्धि दिई देहाय बमाजिम विद्युत उर्जा खरिद दर कायम गरिएको छ ।

प्राधिकरणले अतिरिक्त उर्जाको हकमा विद्युत खरिद बिक्री सम्झौताको खरिद दरको ५०% (पचास प्रतिशत) को हिसाबले कम्पनीले विलिङ्ग गर्ने र प्राधिकरणले भुक्तानी गर्नेछ ।

पुँजी विवरण

अधिकृत पुँजीः कम्पनीको अधिकृत पूँजी तीन अर्व रुपैंया रहेको छ । उक्त पूँजीलाई १०० का दरले तीन करोड थान साधारण शेयरमा बिभाजन गरिएको छ ।

जारी पुँजीः कम्पनीको जारी पूँजी एक अर्व छयानब्बे करोड अस्सी लाख सत्ताईस हजार रुपैंया रहेकोछ । उक्त पूँजीलाई १०० का दरले एक करोड छयानब्बे लाख अस्सी हजार दुई सय सत्तरी थान शेयरमा बिभाजन गरिएको छ ।

चुक्ता पुँजीः कम्पनीले आफ्नो जारी पूँजी मध्ये १,५७,४४,२१६ थान शेयर बापतको प्रति शेयर रु. १००  का दरले एक अर्ब सन्ताउन करोड चौवालीस लाख एक्काईस हजार छ सय रुपैंया कम्पनीको संस्थापक शेयरधनीहरुबाट चुक्ता भईसकेको र बाँकी ३९,३६,०५४ थान शेयर सार्वजनिक निष्कासनद्वारा सर्वसाधारणलाई जारी गर्नेछ ।

आईपिओ निष्काशन पछि कम्पनीको चुक्ता पुँजी एक अर्व छयानब्बे करोड अस्सी लाख सत्ताईस हजार रुपैयाँ पुग्ने छ ।

संस्थापक, संचालक तथा ब्यबस्थापकको विवरण

कम्पनीको आधारभुत शेयरधनीमा चन्द्र प्रसाद ढकाल, अनिन राजभण्डार, प्रमोद कुमार खेतान, प्रदिप जंग पाण्डे, मिन वहादुर गुरुङ, मनोहर दास मुल, श्याम सुन्दर खेतान, रमेश प्रसाद सुवेदी, अनिता धिताल, सुहृद राज घिमिरे, अरुण कुमार के.सी, वाल कृष्ण थाप, डोलराज शर्मा, अनिता रायमाझी, नवराज नेपाल, राज कुमार अग्रवाल, तेन्जीङ्ग जोप्पा लामा, जय गणेश इन्भेष्टमेन्ट प्रा.लि, नविन खेतान, श्रवण कुमार गोयल, किरण खेतान, टिका प्रसाद उप्रेती, आदिशक्ती इन्भेष्टमेन्ट र नरेन्द्र कुमार रहेका छन् ।

कम्पनीको अध्यक्ष सुहृद राज घिमिरे रहेका छन् । उनी तिलगंगा आँखा अस्पताल र गोकर्न फरेष्ट गोल्फका पनि अध्यक्ष हुन् भने छाया देवी कम्पेक्स प्रा.लिका संचालक हुन् । कम्पनीको अन्य संचालकमा डोलराज शर्मा, चन्द्र प्रसाद ढकाल, श्याम सुन्दर खेतान र मनोहर दाश मुल रहेका छन् ।

 चन्द्र प्रसाद ढकाल समान उदेश्यका अर्को कम्पनीमा सञ्चालक पदमा आवद्ध भएकोले आगामी वार्षिक साधारणसभा गर्दा सञ्चालक पदमा नदोहिरिने प्रतिवद्धता पत्र कम्पनीले नेपाल धितोपत्र बोर्ड समक्ष पेश गरेको छ ।

संचालक समितिको बैठकमा उपस्थित भए बापत संचालक समितिका सदस्यले भत्ताको रुपमा २ हजार पाउने छन् ।

कम्पनीमा ब्यबस्थापनतर्फ दामोदर श्रेष्ठ सिनियर एक्जिक्वीटिभ इन्ज्नियरको रुपमा रहेका छन् भने बिजेन्द्र लाल राजभण्डारी परियोजना नियंत्रण तथा कन्ट्राक्ट प्रबन्धकको रुपमा छन् । राजेन्द्र प्रसाद शर्मा फाइनान्स एण्ड अपरेसन म्यानेजर रहेका छन् । कम्पनीले वार्षिक पारिश्रमिकको रुपमा श्रेष्ठलाई ४८ लाख ४४ हजार, राजभण्डारीलाई ३६ लाख ५३ हजार र शर्मालाई १८ लाख ८५ हजार भुक्तानी दिएको छ ।

आईपिओबाट उठेको रकमको उपयोग र लाभांश वितरण

कम्पनीले आईपिओबाट उठेको सम्पूर्ण रकम मिस्ट्री खोला जलविद्युत आयोजनाको निमार्ण तथा कर्जा चुक्ता गर्न प्रयोग गरिने उल्लेख गरेको छ । कम्पनीले तादी खोला (थप्रेक) जलविद्युत आयोजनाको ऋण चुक्ता नभएसम्म ५ प्रतिशतको दरले लाभांश दिने (आ.व. २०७७÷७८) र सो पश्चात १५ देखि २५ प्रतिशत सम्मको दरले लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ ।

शेयर प्रत्याभूतकर्ता

कम्पनीको आईपिओ पूर्णरुपमा बिक्रि नभएमा बिक्रि नभएको बाँकि शेयर खरिद गर्नको लागि ग्लोबल आइएमई क्यापीटल, , सन्राइज क्यापिटल र लक्ष्मी क्यापिटलले सम्झौता गरेका छन् ।

बैंक ऋण

मिष्ट्री खोला जलविद्युत आयोजना निर्माण गर्न संस्थापक शेयरधनीहरुको स्वलगानी तथा नबिल बैंक लिमिटेडको अगुवाईमा सह वित्तियकरणमा जलविद्युत लगानी तथा विकास कम्पनी लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि, नेपाल बैंक लि. तथा लक्ष्मी बैंक लि.बाट ४ अर्ब २४ करोड ऋण व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ । तादी खोला–थप्रेक) जलविद्युत आयोजना निर्माण गर्न संस्थापक शेयरधनीहरुको स्वलगानी तथा नबिल बैंक लिमिटेडको अगुवाईमा सह वित्तियकरणमा एनएमबि बैंक लि., नेपाल इनभेष्टमेन्ट बैंक लि. तथा राष्ट्रिय बाणिज्य बैंक लि. बाट रु. ६६ करोड ६५ लाख ऋण व्यवस्थापन गरिएको कम्पनीले उल्लेख गरेको छ ।

क्रेडिट रेटिङ्ग

नेपाल धितोपत्र बोर्डबाट क्रेडिट रेटिङ्ग सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडले माउण्टेन इनर्जी नेपाल लिमिटेडले जारी गर्न लागेको साधारण शेयरलाई औषत भन्दा कम आधारहरु (Below-Average Fundemantals)जनाउने "[CARE-NP IPO Grade 4+"(Grade four plus ग्रेडिङ्ग प्रदान गरेको छ । केयर नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधार जनाउँछ । ग्रेड २, , र ४ मा प्रदान गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकरात्मक स्थितिलाई जनाउँदछ ।

नाफा विवरण

कम्पनीले २०७६ चैत्र मसान्तको अपरिस्कृत विवरण अनुसार आफ्नो संचिति नाफा २ लाख ८८ हजार रहेको र आर्थिक वर्ष ७६/७७, ७७/७८ र ७८/७९ मा संचिति नाफा क्रमश ४ लाख ६० हजार, ८ लाख ५५ हजार र १२ लाख ८४ हजार हुने प्रक्षेपण गरेको छ । त्यस्तै कम्पनीले आर्थिक वर्ष ७६/७७, ७७/७८ र ७८/७९ मा कम्पनीको नाफा क्रमश २२ करोड ७३ लाख, ४९ करोड ३६ लाख र ७२ करोड ४१ लाख हुने प्रक्षेपण गरेको छ 

हेर्नुस नाफा नोक्सान हिसाब :




कम्पनीको आर्थिक वर्ष ७३/७४ देखि ७८/७९ सम्मको प्रति शेयर आम्दानी र नेटवर्थको विवरण : 

नोट: यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved