सहारा विकास बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 10:36:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सहारा विकास बैंक Sahara Bikas Bank Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ सम्मको संचिति मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको ५.०५ प्रतिशतले हुन् आउने १ करोड ३७ लाख ४९ हजार ६ सय ६५ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२७ प्रतिशतले हुन् आउने ७ लाख २३ हजार ६ सय ६६ रुपैयाँ ६० पैसा बाबरको नगद लाभांश गरि कुल ५.३२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुंजी २२ करोड २२ लाख ७० हजार ६ सय ४ रुपैयाँ रहेको छ । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved