सानिमा लाइफ इन्स्योरेन्सको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 08:09:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्स Sanima life Insurance ले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन २० गतेदेखि ६० करोड रकम बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ३ लाख कित्ता कर्मचारीको लागि र ३ लाख कितात सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ । 

कम्पनीले जेठ ९ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो  ।  बोर्डले असार ३१ गते बिहिबार आईपिओ निष्काशनको अनुमति दिएको हो ।

शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुग्नेछ।  हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ छ। 

यो पनि : सानिमा लाइफ आईपिओ रिभ्यु: संचालक र ब्यबस्थापनदेखि वित्तीय अवस्थासम्मको सम्पूर्ण विवरण

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved