नियामक र कम्पनीको हर्कतमा कानुनी लगाम लगाउन `लयर्स फोरम फर क्यापिटल मार्केट´ गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 01:22:52 PM मा प्रकाशित

laxmi  sunrise bank

करिब आधा करोड शेयर लगानीकर्ताका पक्षमा कानुनी उपचार उदेश्य सहित कानुनविद्हरुले `लयर्स फोरम फर क्यापिटल मार्केट´ गठन गरेका छन्। अधिवक्ता कपिल देव ढकालको संयोजकत्वमा  `लयर्स फोरम फर क्यापिटल मार्केट´ गठन भएको हो

  पुँजीबजारलाई बलियाे, पारदर्शि र मर्यादित बनाउन तथा बजारप्रतिको दृष्टिकोण बदल्नको लागि फोरम गठन भएको हो । फोरमले पुँजीबजारका कानुनी बिषयमा अध्ययन अनुसन्धान र पैरवी गर्ने, करिब आधा करोड लगानीकर्ताका पक्षमा कानुनी उपचारको खोजि गर्ने, पुँजीबजार सम्बन्धी कानुनी व्यवस्थाको सुधार र संशोधनमा दवाब दिने तथा नियामक र कम्पनीहरुको गैरकानुनी हर्कतमाथि कानुनी लगाम लगाउन फोरमले काम गर्ने जनाएको छ ।

संविधान, ऐन, कानुन, अधिकार, नीति , नियम सबै हुँदा पनि त्यसको महशुस नभईरहेको अवस्थामा फोरमले कानुनी तबरबाट यसलाई सुधार गर्न पहल गर्ने संयोजक ढकालले बताए । त्यस्तै राष्ट्र बैंक, अर्थ मन्त्रालय , धितोपत्र बोर्डलाई के बोल्ने के नबोल्ने भन्ने अधिकार कानुनले दिएकोले त्यस भन्दा बाहिर गएमा उनीहरुको गैरकानुनी हर्कतमाथि कानुनी लगाम लगाउनु पर्ने उनी बताउछन् । फोरमले अन्तराष्ट्रिय रुपमा के कस्ता अभ्यास छन्, तिनीहरुको अध्ययन गर्ने र कसरी तिनीहरुलाई नेपालमा कार्यन्वयन गर्न सकिन्छ भन्नेबारे पनि बहस गरिने उनले बताए । 

कानुनमा कहाँ कहाँ सुधार गर्नु पर्ने छ, सुधार गर्नको लागि लबिङ गर्ने, सूचनाको हकको अधिकार प्रयोग गरेर सार्वजनिक निकायबाट सुचना माग गर्ने, संघीय संसदका विभिन्न समितिलाई क्षेत्राधिकारबारे सुझाव दिने, लगायतका कार्य गर्ने संयोजक ढकाल बताउछन् । त्यस्तै हालको अवस्थामा सरकारवादी मुद्दा मात्र चल्ने रहेकोले यदि सरकारी वा नियामक निकायबाट नै  हानि नोक्सानी भएमा वा मर्का पर्ने कार्य भएमा राज्यले मात्र नभई व्यक्तिले मुद्दा लिएर जान सक्ने गरि कानुन संशोधन गरिनु पर्ने उनको भनाई छ । फौजदारी अभियोगमा जस्तै जुनसुकै व्यक्तिले मुद्दा लिएर जान सक्ने गरि कानुन संशोधन गर्ने दीर्घकालिन योजना रहेको ढकालले बताए । 

त्यस्तै फोरमले बजार, सुचिकृत कम्पनी, कम्पनीका रिपोर्ट, लगायतका विषयमा जागरुक गर्ने, चेतना बढाउने गरि काम गर्ने उनले बताए । त्यस्तै बजारलाई प्रतिष्ठित बनाउनु पर्ने र कोहि एक नेताको भनाई कै कारण बजार प्रभावित हुन् नहुने उनी बताउछन् । विश्वका धनाढ्यहरुको सुची बनाउँदा शेयर बजारको सम्पतिलाई आधार मान्ने गरिएको र तर नेपालमा भने त्यस्तो सिद्दान्त नै प्रयोग गर्ने नसकिएकोले सबैको सहकार्य गरेर बजारप्रतिको दृष्टिकोण बदल्ने गरि काम गर्ने उनको भनाई छ । 

बजारको सूचकहरुमा चासो नरहेको तर बजार पारदर्शी, भरोसायोग्य  र नियम कानुनको अधिनमा रहनु पर्ने भन्ने आफ्नो मान्यता रहेकोले त्यसको लागि लबिङ गर्ने उनको भनाई छ । बजारका सबै वर्गलाई यसलाई समेट्ने उनी बताउछन् । बजारमा संलग्न सबैले पारदर्शी रुपमा स्वचालित रुपमा राज्यलाई कर समेत तिरिरहेको अवस्थामा यो बजारलाई थप ब्यबस्थित बनाउन आफ्नो ठाउँबाट पहल गर्ने उनी बताउछन् । 

बजार तलमाथि हुनु बजारको सुन्दरता नै भएकोले बजारको घटबढमा चासो नरहेको तर नीतिगत रुपमा, कानुनी रुपमा एकरुपता , स्थिरता तथा पारदर्शिताको लागि काम गर्ने उनको भनाई छ । बजारलाई बलियाे, पारदर्शि र मर्यादित बनाउन नीति तथा विधिमा आधारित सहभागिता रहने उनले बताए ।

फोरमले बजारका सबै सरोकारवालाहरुलाई सहकार्यको लागि आग्रह गरेको छ  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved